जाजरकोटका छुट्टाछुट्टै स्थानबाट तीन थान बन्दुक बरामद

जाजरकोटमा तीन नाल भरुवा बन्दुक फेला परेको छ । जिल्लाका फरक-फरक स्थानबाट प्रहरीले तीन नाल भरुवा बन्दुक फेला पारेको हो ।

प्रहरी चौकी पैंकबाट गस्तीमा गएको प्रहरीको टोलीले कुशे गाउँपालिका–८, बिजुलीडाँडास्थित जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको छ ।

यसैगरी छेडागाड नगरपालिका–५ चिसापानीबाट र सोही नगरपालिका-२ मजेरीस्थित जंगलबाट ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।