मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन

जिल्लाको मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको छ । नेपाली काँग्रेस गठबन्धनलाई छाडेर एक्लै चुनामा गएपछि गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले मनोनयन गर्ने अन्तिम सयमा आएर उम्मेदवार परिवर्तन गरेको हो ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तर्फबाट नगरपालिका माओवादीबाट प्रमुखमा दीपक प्रसाई र उप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर थापाले मनोनयन दर्ता गराउनुभएको छ । यसअघि मन्थली नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र रामेछापका सचिव संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र मन्जु माझीलाई उम्मेदवार बनाउने निर्णय भएको थियो ।

मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालबाट लबकुमार श्रेष्ठ र ईश्वरी बस्नेतले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली काँग्रेसबाट यो नगरपालिका प्रमुख र उपप्रमुखमा बिनोद कार्की र यशोधा श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ ।