निर्वाचन भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

२४ वैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एव‌ं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताएकी छन् ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा बोल्दै उनले निष्पक्ष सूचना सम्प्रेषणबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्‍याउनुपर्ने बताए ।

राष्ट्रपति भण्डारीले जिम्मेवार पत्रकारिताले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारिक रुपमा साकार तुल्याउने पनि बताइन् ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरे । उनले सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वद्र्धन गर्दै लैजाने प्रतिवद्धता पनि जनाए ।