नेकपा एमालेले कुनै पनि धाँधली गर्दैन, लोकतन्त्रको रक्षा गर्छः अध्यक्ष ओली

काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कुनै पनि धाँधली नगर्ने तर लोकतन्त्रको रक्षामा खटिने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी तर्फ लक्षित गर्दै एमाले कायकर्ताहरुले कहीँ कतै धाँधली नगर्ने बताए ।

उनले माओवादीतर्फ कटाक्ष गर्दै एमालेले मतपत्र च्यात्ने, धम्की दिने, धाँधली गर्ने कार्य नगर्ने बताए ।

एमाले लोकतन्त्र रक्षाका लागि कटिवद्ध भएको उनले बताए । ओलीले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकायका पदाधिकाहरुलाई पनि निष्पक्ष र स्वतन्त्र भएर निर्वाचन सम्पन्न गर्र्न आग्रह गरे ।