मतदानमा सहभागी हुन सेलिब्रिटी को उत्साह

काठमाडौं । पहिलोपटक मतदान अधिकार प्रयोग गर्न लागेका कतिपय सेलिब्रिटी उत्साहित देखिएका छन् । उनीहरुले भोट हाल्ने अनुभव बटुल्न लागेको भन्दै  खुसी व्यक्त गरेका छन्  ।

‘ए मेरो हजुर’ फेम्ड अभिनेत्री सुहाना थापाले पहिलोपटक भोट हाल्दैछिन् । उनले काठमाडौं बुद्धनगरमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछिन् । बुवा तथा निर्माता सुनिलकुमार थापा र आमा तथा निर्देशक झरनासँगै सुहानाले मतदान गर्ने भएकी हुन् ।

‘नेपाल आइडल’ फेम्ड गायक प्रताप दासले पनि पहिलोपटक मतदान गर्दैछन् । शुक्रबार बिहानै मतदान केन्द्र पुगेर भोट हाल्न आफू आतुर रहेको प्रतापले बताए । उनको निर्वाचन क्षेत्र ललितपुरको गोदावरी नगरपालिका हो ।

पहिलोपटक भोट हाल्न लागेकोबारे गायक दासले भने, ‘निकै एक्साइटेड छु । जीवनमा पहिलोपटक भोटको अनुभवलाई लिएर उत्साहित छु । परिवारसँगै गएर भोट हाल्नेछु ।’