मत बदर हुन सक्ने यी अवस्था हरु प्रति सचेत रहन आग्रह

स्थानीय तह सदस्यको निर्वाचन अहिले बिहान ७ बजे बाट देशभर नै  शुरु भै सकेको छ ।अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन मा निर्धक्क संग आफ्नो मताधिकार प्रयोग गर्न पाउनु  प्रत्येक नागरिक को अधिकार हो ।

आफ्नो मताधिकार प्रयोग गर्दै गर्दा ध्यान पुर्याइएन भने मत बदर हुन सक्छ भन्ने कुरा लाइ चै निस्चय नै ख्याल गर्नु पर्ने हुन्छ । यसै सन्दर्भमा  मत बदर हुन सक्ने यी ११ अवस्था हरु प्रति सचेत रहन   निर्वाचन  आयोगले आग्रह गरेको छ

 

मतपत्र बदर हुने अवस्थाहरु  :

– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,

– औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको,

– मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,

– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङकेत गरिएको.

– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,

कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,

– निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा-छुट्टै मत सङ्केत गरिएको,

– मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,

– आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,

मतपेटिका भन्दा बाहिर राखिएको,

– जाली मतपत्र को प्रयोग भयमा ।