काठमाडौं, ४ जेठ । टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रकाश अधिकारी पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी रजनी थापालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि उनले जित हासिल गरेका हुन् ।
निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत प्राप्त गरेकी छिन् ।
यसै गरि टोखा नगरपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसका मुरारी तामाङ निर्वाचित भएका छन् । उनले १० हजार १३२ मत प्राप्त गर्दै एमालेकी उम्मेदवार ज्ञानमाया डंगोललाई पराजित गरेका हुन् । ज्ञानमायाले ९ हजार ५१८ मत प्राप्त गरेकी छिन् ।
निर्वाचन बाट यस अघि नै नगरपालिका भित्र का वडाका वडा अध्यक्षहरु तथा सदस्यहरु निर्वाचित भइ सकेका छन जसमा दुइ वटा वडा मा नेपाली कांग्रेस ले जित हासिल गरेको छ भने बाकी सबै नौ वटा वडा मा नेकपा एमाले ले जित हासिल गरेको छ ।
नगर प्रमुख -प्रकाश अधिकारी , – नेकपा एमाले
उपप्रमुख मुरारी तमाङ – नेपाली कांग्रेस
वडा न १ को अध्यक्ष रमेश लामिछाने, – नेपाली कांग्रेस
वडा न २ अध्यक्ष धर्मेन्द्र श्रेष्ठ- नेकपा एमाले
वडा न ३ को अध्यक्ष रमेश डङ्गाेल- नेकपा एमाले
वडा न ४ को अध्यक्ष धर्मेन्द्र श्रेष्ठ- नेकपा एमाले
वडा न ५ को अध्यक्ष मदन गुरुङ- नेकपा एमाले
वडा न ६ को अध्यक्ष शान्ता खनाल पौडेल – नेपाली कांग्रेस
वडा न ७ को अध्यक्ष नरोत्तम राना- नेकपा एमाले
वडा न ८ को वडा अध्यक्ष रमेश खत्री- नेकपा एमाले
वडा न ९ को अध्यक्ष राम भक्त घिमिरे- नेकपा एमाले
वडा न १० को अध्यक्ष मचाकाजी महर्जन- नेकपा एमाले
वडा न ११ को अध्यक्ष घनश्याम खड्का- नेकपा एमाले