टोखा १ मा नव निर्वाचित जनप्रतिनिधिहरु द्वारा पदभार ग्रहण

काठमाडौँ, जेठ ९  ।  टोखा नगरपालिकाका वडा नम्बर १ का नव निर्वाचित जनप्रतिनिधि हरु ले आज पद वहाली गरेका छन् । हालै निर्वाचित वडा अध्यक्ष रमेश कुमार लामिछाने सहित को पाच सदस्यीय जनप्रतिनिधि हरुले यस कार्यकाल का लागि कार्यभार सम्हाल्दै आफ्नो पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गर्ने जनप्रतिनिधिहरुमा वडा अध्यक्ष रमेश कुमार लामिछाने तथा सदस्य हरु क्रमसः राजकुमार बिडारी , बिजय तामाङ ,सुनिता अधिकारी काफ्ले र सुनिता श्रेस्ठ परियार रहेकी छन ।

 

स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यहरुले गत जेठ ६ गते पद तथा गोपनीयताको शपथ खाएका थिए ।

 

 

 

 

गत बैशाख ३० मा भएको निर्वाचन बाट वडा अध्यक्षमा रमेश कुमार  लामिछाने का साथै खुल्ला पुरुष सदस्य मा राजकुमार बिडारी र बिजय तामाङ तथा महिला सदस्य अन्तर्गत सुनिता अधिकारी काफ्ले एवं दलित महिला सदस्य अन्तर्गत  सुनिता श्रेस्ठ परियार बिजयी  भएका थिए ।