तारकेश्वरमा नागरिक सभाको अयोजना हुँदै:साझेदार बन्न सवै नागरिकलाई नर्थ काठमाडौ विकास अभियानको आग्रह

तारकेश्वर नगरपालिका मा आगामी असार ११ र १२ गते नर्थ काठमाण्डौ बिकाश अभियानको आयोजनामा नागरिक सभा हुने भएको छ । नागरिक लाई सबल बनाउदै नगर बिकास अभियान मा जोड्न नागरिक सभा हुन लागेको एक प्रेस बिज्ञप्ती सार्बजनिक गर्दै  जानकारी गराइएको हो ।

नागरिक सभाले समाजका सवै तप्काका प्रतिनिधित्व गर्ने नागरिकलाई जुटाइ एक अर्काबाट सिक्दै, सुन्दै र सरसल्लाह (प्रवचन र वादविवादबाट नभइ ) एवं सम्वादबाट नीतिगत सुझाव या सिफारिसहरुको संकलन गर्दै बढी प्रतिनिधिमूलक र समावेशी तवर बाट कार्य गरी नागरिक सभाको  कृयाकलाप बाट प्रत्येक नागरिकको प्रतिनिधिमूलक आवाज र विचार समेटी आफ्नो नगरको भविष्यआफै बनाउन सहयोग पुगोस् भन्ने सोच सहित यो सभाको अवधारणालाई अगाडि सारेको अभियानका अभियन्ता एबम संयोजक श्रीराम फुटुङ्गे ले बताउनु भयो ।

जनसरोकारका बिषय तथा नगरवासीका प्राथमिकता बारे नागरिक स्तरमा विचार विमर्श एबम अन्तरक्रिया गर्न साथै नगरवासीले देख्न र लेख्न चाहेको तारकेश्वरको भविष्यबारे अन्तरक्रिया गर्दै त्यसको सम्बोधनका लागि सरोकारवाला निकायमा नागरिकका ठोस प्राथमिकताको कार्यान्वयनको पहलकदमी गर्न तथा सहभागिता मूलक विकास एबम जनउत्तरदायी, पारदर्शी र जवाफदेही शासन व्यवस्थाको प्रबर्धन गर्न यो सभाको अभियान निकै महत्व पूर्ण रहेको पनि उहा ले बताउनु भयो ।

नगरपालिका एवं स्थानीय विकासमा नागरिक सभाले नागरिकहरुलाई आफूले देखेका, भोगेका कुरा औल्याउने  जस बाट कार्य प्रणाली एवं नीतिगत तहमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्ने तथा जसका कारण  नयाँ बनेको स्थानीय सरकार तथा जनप्रतिनिधिले गर्नुपर्ने तथा प्राथमिकतामा राख्नु पर्ने विषयबारे पनि सुझाउनमा सघाउँदै समतामुलक, स्वावलम्बी र सुशासित तारकेश्वरको लागि महत्वपूर्ण सामुहिक सरोकारका विषयहरुको पहिचान तथा प्राथमिकीकरणमा सहयोग पुग्ने हुँदादिगो विकासको जग हाल्नमा योगदान र विकासलाई जनमुखी र आमचासोमा केन्द्रित गर्नमा सहयोग पुग्ने बिज्ञप्तीमा  बताइएको छ   ।

नागरिक सभाबाट आएका नागरिकका सवाल तथा छलफलका टिपोटहरुको प्रतिवदेन तयार गरी सो को आधारमा छोटो नीति सारपत्र बनाई स्थानीय सरकार र सरोकार वालालाई हस्तान्तरण गर्ने योजना भयको ले स्थानीय सरकारको प्रतिवद्धता खोज्दै त्यसका अनुगमन गर्न पनि सवै नगरवासीमा अनुरोध गरिएको छ । साथै यस नागरिक सभाको प्रक्रियामा सहभागी हुन, नागरिकको मनोनय गर्न र प्रतिनिधि चुन्न सवै नगरवासीमा अनुरोध गरिएको छ । नागरिकबाटै सुरु गरौ, नागरिकलाई सवल बनाऔ भन्ने लक्ष्य  सहित  नागरिक सभाको साझेदार बन्न सवै नागरिकलाई नर्थ काठमाडौ विकास अभियानले अपिल समेत गरेको छ ।

नर्थ काठमाण्डौ बिकाश अभियानको प्रेस बिज्ञप्ती