कोपीलाको नयाँ तिज गित यस पालीको तिजमा सार्वजनिक

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव एक महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । सोही क्रममा गायीका कोपीला सीवाकोटीको तिज गित यसपालीको तिजमा भखर्रै सार्वजनिक भएको छ ।

कोपीला शीवाकोटीको स्वर , रीयाज शिवाकोटीको संगीत तथा उत्कृष्ट लय शब्द सृर्जना रहेको गितको निर्माता इन्जििनियर नरहरी खरेल रहेका छन ।

कोपीलाले गाएका थुप्रै गितहरु सर्वाधिक रुचाईएका छन् । संख्यात्मक भन्दा पनि गुणात्मक सृर्जनामा रमाऊने गायीका शिवाकोटी बताउनुहुन्छ ।

विषयवस्तु चित्रण शर्माका गितमा पाईने विशेषताहरु हुन् ।

गितको भिडियोको निर्देशन संसान कडेलले गर्नुभएको छ भने कलाकार बिना राउत र उमा उप्रदीको जोडदार अभिनय रहेको छ भने निलम खरेल , रोशनी बुढाथोकी , सारदा प्रसाई , मेरीना पुष्पाको पनि अभिनय रहेको छ ।

अडियो र भिडियो दुवै उत्कृष्ट वनेको गितलाई रियाज शिवाकोटी मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुहोस रमाइलो गित