गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित विन्दाबासिनी मन्दिरमा भजन गृह उद्घाटन

गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित विन्दाबासिनी मन्दिरमा भजन गृहको  उद्घाटन गरिएको छ। बागमती प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहलमा  प्रदेश पुर्वाधार साझेदार कार्यक्रम अन्तरगत बिनियोजित बजेट मार्फत  करिब दश लाख रुपैयाको लागतमा निर्मित उक्त भजन गृहको शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

भजन गृहको  बाग्मती प्रदेश सभा सदस्य माननीय छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल  र गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले   संयुक्त रुपमा रिबन काटी भजन गृहको उद्घाटन गरेका हुन। उक्त भजन गृहमा आवश्यक वाद्यवादन सामग्री र बाहिरि संरचना निर्माणको लागि  थप दश लाख रुपैया वडा र नगरपालिकाले बिनियोजन समेत गरेको वडा अध्यक्ष नारायण बहादुर सुवेदीले  जानकारी गराए ।

उक्त कार्यक्रममा    गोकर्णेश्वर नगरपालिका पूर्व  नगर प्रमुख  तथा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ३ का सभापति सन्तोष चालिसे, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारी, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा, वडा सदस्यहरु   लगायत  स्थानीयको  उपस्थिति रहेको थियो।पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षणका लागि   भजन गृह निर्माण गरिएको बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले जानकारी गराए ।नेपाली समाज आफ्नै संस्कार र शैलीका कारण धनी छ तर बूढापाका सुस्ताउने चौतारा, साँझ बिहान भजन गुञ्जिने पाटीपौवा भेटिन छाडिसके, समाजसँग जोडिएका यस्ता सम्पत्ति विलिन हुन थालेकोमा चिन्ता ब्यक्त गर्दै यस्तै संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले  उक्त भजन गृह निर्माण गरिएको उनले जानकारी गराए ।

अहिलेका युवापुस्तालाई खासै भजनकीर्तनमा चासो नदेखाउँदा लोप हुने अवस्थामा पुगेको छ । देवीदेवताको गुणगानमा केन्द्रित यस्ता भजनकीर्तनको रौनकले मनमा शान्ति मिल्ने र दिन कटाउनसमेत सजिलो हुने गरेको ज्येष्ठ नागरिकको अनुभव छ ।वरपर छरछिमेकका मानिस जम्मा भएर धार्मिक भाव झल्किने भजन गाउँदै एकअर्कामा सुखदुःख समेत साटासाट गर्दा बैग्लै आनन्द महसुस हुने  हुँदा भवन बनेकोमा  ज्येष्ठ नागरिकहरुले खुसि ब्यक्त गरेका छन ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल गोकर्णेश्वर नगरपालिका पूर्व  नगर प्रमुख  तथा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ३ का सभापति सन्तोष चालिसे, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारी, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा,   गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।