आज पनि देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुइचो

साउन महिनाको चौथो  सोमबार आज पनि देशभरका शिव मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको घुइचो  लागेको छ ।

 

हिन्दू धर्माबलम्बीहरुले  ब्रत  बसी भगवान   शिवको पूजा आराधना गर्ने गर्दछन्  ।  साउनको सोमबार बिहानै स्नान गरी शिवालयमा शिवको पूजा आराधना  एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । साथै घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्ने समेत  चलन रहेको छ ।

साउन महिनाको सोमबारका दिन  देशका बिभिन्न भूभागमा रहेका सबै  महादेवमन्दिरहरुमा धेरै नै दर्शनार्थीहरु को भिड लाग्ने  गर्दछ। विशेष गरि  पशुपति नाथ मन्दिर ,दत्तात्रय मन्दिर, विन्ध्यबासीनी  लगाएतका देश भरका सबै जसो मन्दिरहरुमा पनि आज बिहानै देखि भक्तजनहरुको बाक्लो उपस्थिति रहेको  छ  । यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ।