आगामी मंसिर ४ गतेको लागि संघ र प्रदेशको निर्वाचन मिति घोषणा भए संगै काठमाण्डौं क्षेत्र नं ५ मा राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा) को उम्मेदवारीलाई लिएर स्थानिय स्तरमा चर्चा परिचर्चा शुरु भएको छ ।
शनिवार राप्रपा टोखा नगरको आयोजनामा पार्टिका, विभिन्न तह, तप्का र अन्य पेशा सङ्ग आबद्ध रास्ट्रवादिहरु बिच पार्टिले लिएको २२ बुदे मागको सम्बन्धमा बिचार गोष्टिमा रास्ट्रिय युवा मोर्चा केन्द्रिय संयोजक सुरज कुमार पाण्डे उम्मेदवारको रुपमा चर्चा शुरु
भएको छ ।
इमान्दार लगनशिल, कर्मठ झुझारु युवाको रुपमा चिरपरिचित सुरज पान्डेले उम्मेदवारीमा दाबि गर्नु पर्ने स्थानिय कार्यकर्ताको माग रहेको छ । कट्टर राजावादि भनेर चिनिने सुरज पान्डे राजावादि रास्ट्रवादि बिच निकै लोकप्रिय छन र रास्ट्रवादि युवा बिच आफ्नो भिन्दै पहिचान बनाएका कालो बाहुनको उम्मेदवारी भएमा क्षेत्रको निर्वाचनमा नयाँ तरङ्ग आउने आकलन गरिएको छ ।
एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको आधार क्षेत्र मानिने यस क्षेत्रमा काङ्रेसका प्रवक्ता प्रकाश शरण महत पनि छन र स्वतन्त्र बाट रञु दर्शना पनि यसै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा संगै राजावादि हरुको विशेष उपस्थीति रहेको यस क्षेत्रमा राप्रपाबाट पाण्डेको उम्मेदवारी चर्चाले चाखलाग्दो भएको छ ।