बारामा करेन्ट लागेर एक जनाको मृत्यु

बारामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । महागढीमाई नगरपालिका –८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो ।

शनिबार बिहान ७ : १० बजे करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ

छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा विद्युत सर्ट भई उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ ।