तारकेस्वरमा एमालेलको तिज कार्यक्रम

हरितालिका तिजको अवसरमा तारकेश्वरको नेपालटार स्थीत कान्तिपुर एवी पार्टी प्यालेसमा अवस्थित तिज उत्सव कार्यक्रम २०७९ आज हुने भएको छ । नेकपा एमाले तारकेश्वर नगर कमिटि तथा अनेम संघको अनेम संघ तारकेश्वर नगरकमिटिद्धारा विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव आयोजना गर्न लागेको एमाले नेतृ साबित्रा शर्माले बताउनुभयो ।

हरेक वर्ष अनेमसंघले विविध साँस्कृतिक कार्यक्रम गर्दै आएकोमा यस वर्ष पनि तिज उत्सव गर्ने र समाजमा लुकेर रहेका महिलाको प्रतिभा उजागर गरी महिला जागरणका साथै महिला शसक्तिकरणमा सघाउ पुर्‍याउने लक्ष्य रहेको एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनु भयो ।

तिज उत्सवलाई सफल बनाउन तारकेश्वरको ११ वटै वडाहरुबाट महिलाहरुको बिषेस उपस्थीती रहने छ भने एमालेका बिभिन्न नेता तथा कार्यकर्ताको सहभागी हुनेछ ।