पुनः चुनिए दिलबहादुर तामाङ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा

हालसालै  भएको अभिभावकहरुको भेलाबाट टोखा नगरपालिका वडा नम्बर १ मा रहेको झोर महाङ्काल विद्यालयमा  विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा  पुनः दिलबहादुर तामाङ  सर्वसम्मत चुनिएका छन् ।

अभिभावक तथा सरोकारवालाहरुको  भेलाले  तामाङलाई पुनः अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा दिपेन्द्र लामिछाने, सुनिता रानामगर, विश्वलाल विश्वकर्मा, रुपक तिवारी सदस्यको रुपमा चयन भएका छन् । साथै सो भेलाले  अभिभावक शिक्षक संघ(PTA) को अध्यक्ष पदमा रामेश्वर बिडारीलाई चुनेको छ ।

वि . व्य. स.का  अन्य पदाधिकरिमा विद्यालयका प्रधानाध्यापक सदस्य सचिवमा र PTA अध्यक्ष सदस्यमा  स्वत रहने प्रावधान नियमावलीमा रहेको  विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले  जानकारी दिनु भयो ।