काठमाडौं क्षेत्र नम्बर ६ मा एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा लक्ष्मण बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एकीकृत समाजवादी काठमाडौं क्षेत्र नम्बर ६को क्षेत्रीय कमिटीले शुक्रबार प्रतिनिधि सभामा लक्ष्मण प्रसाद बिडारीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको ।  बिडारी क्षेत्रीय कमिटीका अध्यक्ष समेत हुन् ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ६ वागमति प्रदेश सभा क को उम्मेदवारमा अर्जुनलाल प्रधान समेत सर्वसम्मत सिफारिस भएका छन् । ठमेलका स्थानीयवासी समेत रहेका प्रधानको नाम यसअघि नै चर्चामा थियो । समानुपातिकतर्फ रजुला जोशीको नाम सिफारिस भएको छ ।

 

निर्वाचनको मिति घोषणा भएसँगै पार्टीका कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन् । यद्यपि सत्ता गठबन्धन आगामी निर्वाचनसम्म अघि बढ्ने भएपछि सिट बाँडफाँटको टुंगो लागेपछि मात्रै उम्मेदवार सिफारिले अन्तिम रुप प्राप्त गर्नेछ ।