काठमाडौं-६ बाट भीमसेन दास र सबुज बानियाँको नाम सिफारिस

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-६ ले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँको नाम गरेको छ ।

बानियाँ काठमाडौंका कांग्रेस जिल्ला सभापति हुन् । उनी दोस्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ नेता प्रकाशमान सिंह निकट नेता हुन्।

कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेन दास कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिमा पराजित उनी दोस्रो चरणमा संस्थापन पक्षका इन्द्र बानियाँलाई समर्थन गरेका थिए ।