राप्रपा को एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

रास्ट्रिय प्रजातन्त्र पार्टी को चुनाब केन्द्रित एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  तारकेश्वोर न पा स्थित  दियालो फुडल्याण्डमा  आयोजित  उक्त प्रशिक्षण कार्यक्रम मा बाग्मती प्रदेश प्रमुख एव (पूर्व मन्त्रि ) बिक्रम बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो ।

आगामी मङ्सिर ४ गते हुन गइरहेको संघीय तथा प्रदेस सभा सदस्य निर्वाचान लाई मध्यनजर गर्दै रा.प्र पा काठमाडौं जिल्ला क्षेत्र न ६, प्रदेश क र ख अन्तरगत पर्ने क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति र यस क्षेत्र अन्तर्गत बसोबास गर्नु हुने केन्द्रीय सदस्य लगाएतका राप्रपा प्रेमी जनसमुदाय लाइ प्रशिक्षण गरिएको थियो । उक्त कार्यक्रममा  प्रशिक्षक श्री हरिप्रसाद अधिकारी ले प्रशिक्षण कार्य संचालन गर्नु भएको थियो ।

बिहान ८ बजे देखि सुरु  भएको उक्त  कार्यक्रम मा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, क्षेत्र न ६ का क्षेत्रीय अध्यक्ष टंक प्रसाद अधिकारी, का म न पा अध्यक्ष केदार बहादुर धमला ,टोखा नगर अध्यक्ष योगेन्द्र पाण्डे तथा केन्द्रीय सदस्यहरु राजाराम श्रेष्ठ, चिराग मान सिंह कुँवर लगाएतका केन्द्रीय सदस्यहरु को पनि उपस्थिति रहेको थियो ।

भब्य रुपमा संचालन  भएको एक दिने प्रशिक्षण कार्यक्रम मा राप्रपा का नेता कार्यकर्ता लगाएत थुप्रै राप्रपा प्रेमी जनसमुदाय को बाक्लो उपस्थिति रहेको थियो ।