काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे

मंगसिर ४ गते हुने  प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति सन्तोष चालिसे अहिले चुनावी तयारीमा सक्रिय बनेका छन ।

गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर एबम नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति समेत रहेका चालिसे  पछिल्लो समय क्षेत्रको चुनावी रणनीति निर्माण र परिचालनका लागि ठोस योजना निर्माणको काममा जुटेका छन।

नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा सिघ्र निर्णय क्षमता र जनचासोको बिषयमा तत्काल प्रतिक्रिया जनाउने जनप्रतिनिधिको पहिचान निर्माण गरेका चालिसे संगठन निर्माणमा पनि उत्तिकै सक्रिय रहेका छन ।

गोकर्णेश्वर नगरपालिका प्रमुखको जिम्मेवारी बहन गर्दा पूर्वाधार र सामाजिक विकासलाई समानान्तर प्रथामिकतामा राखेका चालिसेले प्रतिनिधि सभा सदस्यको रुपमा क्षेत्र नं ३ का जनताले जिम्मेवारी दिएमा राष्ट्रिय राजनीतिमा पनि प्रभाबकारी भूमिका निर्वाह गर्ने पनि बताउदै आएका छन।

स्थानीय जनप्रतिनिधिको रुपमा प्राप्त गरेका अनुभब र सिकाइलाइ जस्ताको तस्तै संसदमा उठाउनको लागि आफुले प्रतिनिधि सभामा दाबि गरेको बताउने चालिसे २०५४ सालमा पनि साबिक जोरपाटी गाबिसका पनि जनप्रतिनिधि रहेका थिए ।