चितवन प्रहरीको सफलता : घटनाको २४ घण्टा नबित्दै मनि ट्रान्सफरमा डाँका गर्ने ब्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टाेलिले धारिलो हतियार देखाई मनि ट्रान्सफरमा डाँका गर्ने एक जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका वडा नंम्बर ४ मा फनपार्क नजिक पूर्ण शंकर गौतमको घरमा सञ्चालित नारायणी मनि ट्रान्सफरमा डाँका गर्ने नवलपरासी बर्दघाट सुस्ता पुर्व घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर १६ मा डेरा गरी बस्ने ४२ बर्षीया मिनमान सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख एसपी नवराज अधिकारीले आज पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

आरोपित सुनारले (आइतबार) दिउँसो एक बजेको समयमा मनि ट्रान्सफरको कोठाभित्र गई धारिलो हतियार दाउ जस्तो देखिने फलाम देखाई काउन्टरमा बसिरहेकी कर्मचारीहरुलाई डरत्रास देखाउदै ज्यान मार्ने धम्की समेत दिइ नगद दुई लाख चार हजार दुई सय पचास रुपैयाँ जबरजस्ती डाँका गरी लुटी फरार भएका थिए ।

मनि ट्रान्सर्फर लुटिएको सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा घट्नाको बिषयमा अनुसन्धानको लागी प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनास्थल तथा घटनास्थल वरपर बुझिएका मानिस, सिसिटिभी फुटेज अध्ययन गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार ट्रान्सर्फरबाट छोटो कपाल, आकाशे, निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट, मुखमा कालो माक्स, सेतो,पहेंलो रंगको बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकी अन्दाजी ४०/४२ बर्ष जतिको पुरुष व्यक्तिले जबरजस्ती डाँका गरी लुटी फरार भएको सूचना आयो । लगत्तै, हामीलाई प्राप्त सूचनाको अध्ययन तथा थप अनुसन्धानको लागी प्रहरी टोली खटायौं ।

उनलेे भने, बिभिन्न तवरबाट अनुसन्धान गर्दै जाँदा सो, घट्नामा बागमती प्रदेश ०३-००१ ह १२६३ नम्वरको अटो चालकको संलग्नता रहेको खुल्न आएपछि आरोपित मिनमान सुनारलाइ २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएका छौँ ।

आफ्नै अटोमा बसिरहेको अवस्थामा उनलाई सोधपुछ गर्दा घटनामा आफ्नो संलग्नता स्विकार गरेको एसपी अधिकारीले बताए । घट्नामा आफ्नु संलग्नता रहेको स्वीकारेपछि हामीले उहाँलाई नियन्त्रणमा लिइ शरीर खानतलाशी गर्दा उनको साथमा रहेको सानो व्यागवाट लुटेको तेह्र हजार ६ सय पाँच रुपैयाँ फेला परेको थियो भने अन्य रकम उनको कोठा खानतलाशी गर्ने क्रममा एक लाख सरसठ्ठी हजार रुपैयाँ समेत फेला पार्न सफल भयौं ।

घट्नामा प्रयोग भएका धारिलो हतियार दाउ २ थान, नगद, झोला तथा नागरिकता एवं घटना घटाउँदा लगाएको कपडा भरतपुर महानगरपालिका वडा नंम्बर २६ सिसैस्थित खेतमा पानीको घोलभित्र लुकाईछिपाई राखिएको अवस्थामा कट्टु एक थान, टिसर्ट एक थान १ तथा जुत्ता १ जोर, कालो कलरको मास्क एक थान, पंजा एक थान तथा बोरा नजिक एएनजी हेल्मेट लेखिएको कालो कलरको हेल्मेट एक थान १ समेत बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।