चौदण्डीगढी नगरपालिकाका अधिकांश पराजित उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गरेनन् ।

चौदण्डीगढी नगरपालिकामा भने गत स्थानीय तह निर्वाचनमा बिजयी हासिल गरेका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलालले निर्वाचन खर्च बुझाएका छन् भने वडा नम्बर ३ का वडा अध्यक्ष पर्शूराम राई र वडा नम्बर १० का वडा अध्यक्ष धर्मेन्द्र कुमार खड्का बाहेक सबै वडाका वडा अध्यक्षहरुले समयमै निर्वाचन खर्च आयोगमा पेश गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका खगेन्द्र राई , राप्रपाका रामप्रसाद आचार्य र मंगोल नेशनल अग्रनाईजेशनका भुमी राज राईले खर्च बिबरण समयमा पेश गरेका छन् त्यस्तै नेकपा एकिकृत समाजवादीका नरेन्द्र राउत र स्वतन्त्र उम्म्ेदवार कमलध्वज राईले निर्वाचन खर्च तोकिएको समयमा निर्वाचन आयोगको कार्यालयमा पेश नगर्दा कारवाहीमा परेका छन् । निर्वाचन खर्च तोकिएको समयमा पेश नगर्ने मेयरका प्रत्याशीलाई निर्वाचन आयोगले साढे ४ लाख रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको छ ।
यस्तै चौदण्डीगढी नगरपालिकामा गत स्थानीय तह निर्वाचनमा उप मेयरका प्रत्यशीहरु नेपाली कांग्रेसकी रिता चौधरी, माओवादी केन्द्रकी हिरा थापाले तोकिएको समयमा निर्वाचन खर्च आयोगमा पेश गरेका छैनन् । उनीहरुलाई पनि निर्वाचन आयोगले साढे ४ लाख रुपैयाँ नै जरीवाना तोकेछ । एता निर्वाचन खर्च समयमै पेश नगर्ने उम्म्ेदवारहरुमा वडा नम्बर १ का रोहितमान तामाङ्ग, सन्तोष राई र युवराज पराजुली छन् भने वडा नम्बर २ का वडा अध्यक्षका प्रत्यासीहरु जितमान राई, लोक बहादुर मगर र राजेन्द्र कार्कीले पनि निर्वाचन खर्च बुझाएका छैनन् । त्यस्तै वडा ३ का वडा अध्यक्षका उम्मेदवारहरु पर्शुराम राई, शम्भु तामाङ्ग र गोबिन्द श्रेष्ठ कसैले पनि खर्च बिबरण पेश गरेका छैनन् । त्यस्तै वडा ४ का वडा अध्यक्षका उम्मेदवारहरु मध्ये भुपेन्द्र राई , डम्बर बहादुर मगर र बसन्त कुमार राईले पनि निर्वाचन खर्च पेश गरेका छैनन् भने वडा ५ का वडा अध्यक्षका उम्मेदवारहरु मध्ये देवी प्रसाद बस्नेतले निर्वाचन खर्च पेश गरेका छैनन् । यस्तै वडा नम्बर ६ का उम्मेदवारहरु मध्ये भोलाचन्द्र राई र राजकुमार परियारले निर्वाचन खर्च बिबरण पेश गरेका छ्रैनन् । त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्षका उम्मेदवारहरु मध्ये तेजराज तिम्सिना र उर्मीला राईले पनि खर्च विवरण पेश गरेका छैनन् भने वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवारहरु मध्ये गडुड बहादुर बिश्वकर्माले पनि निर्वाचन खर्च पेश गरेका छैनन् । त्यस्तै वडा नम्बर ९ का वडा अध्यक्षका उम्मेदवारहरु मध्ये ह्दय नारायण चौधरी र वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवारहरु मध्ये धर्मेन्द्र कुमार खड्का , रामकुमार खड्का र रमेश थापाले निर्वाचन खर्च समयमा पेश नगरेको निर्वाचन जिल्ला कार्यालय उदयपुरले जनाएको छ । समयमा निर्वाचन खर्च बिबरण पेश नगर्ने वडा अध्यक्षहरुलाई २ –२ लाख रुपैयाँ जरिवाना गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकृत खेमराज कोईरालाले बताएका छन् ।