चौदण्डीगढी नगरपालिकाद्वारा बजार अनुगमनलाई तिब्रता /अनुगमनको क्रममा म्याद गुज्रेका समान विक्रीको लागि राख्ने पसलहरुलाई कारबाहीे गर्ने चेतावनी ।

चौदण्डीगढी नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । केही दिन अघि मात्र बेल्टार बजारमो अनुगमन गरेको नगरपालिकाले आज वडा नम्बर ८ बिरेन्द्र बजारमा रहेका पसलहरुमा अनुगमन गरेको छ । नजिकिदो चाड पर्वका समयमा बजारमा हुनसक्ने अनियमिततालाई रोक्न नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको जनाएको छ । आज बजार अनुगमन टोलीका संयोजक तथा नगरपालिकाका सुचना अधिकारी सत्यनारायण हुजदारको नेतृत्वमा नेपाल प्रहरी, नगर प्रहरी तथा संचारकर्मी लगायतको संयुक्त टोलिले बजारको पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा म्याद गुज्रेका समान विक्रीको लागि राख्ने पसलहरुलाई कारबाहीे गर्ने चेतावनी अनुगमन टोलिले दिएको छ भने ब्यबसाय नबिकरण गर्न, मुल्य सुची सबैले देखिने गरी राख्न, समानहरु पसल बाहिर ढल र नाला क्षेत्रभन्दा भित्र मात्र फिजाउन, प्यान नम्बर लिएर ब्यबसाय गर्न तथा ब्यबसाय दर्ता गराएर मात्र संचलन गर्न आग्रह गरेको छ । अनुगमनको क्रममा मिति गुज्रेका खाध्यान, कस्टमेटिक लगायत अन्दाजी २२ हजार मुल्य बराबरका समाग्री जफत गरेर नष्ट गरेको छ । यस्तै चौदण्डीगढी नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७५ अनुसार बजार अनुगमन टोलिले पालिकाको बर्खेडाडाँ, शनिवारे, शिवाई, सुन्दरपुर, हडिया लगायतका क्षेत्रमा समेत चाडै नैअनुगमन गर्ने कार्यलाई निरन्तरता दिने बजार अनुगमन टोलीका संयोजक तथा नगरपालिकाका सुचना अधिकारी सत्यनारायण हुजदार बताएका छन् ।