कोभिडविरुद्ध खोप नलगाएका ७६ प्रतिशत : दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा जाने सम्भावना
काठमाडौं- गत फागुन २७ गतेदेखि शून्यमा झरेको कोभिड मृत्युदर पुनः बढ्न थालेको छ। असार १ गतेबाट सुरु हुन थालेको मृत्युको शिलशिला रोकिएको छैन। कोरोना संक्रमणका कारण दैनिक एक या दुई जनाले ज्यान गुमाइ रहेको तथ्यांकले देखाएको छ। तेस्रो लहरमा भएको मृत्यु पश्चात चार महिनापछि असार १ गते पहिलो संक्रमितको मृत्यु भयो।
मृत्यु भएकाको कारण विश्लेषण गर्दा अधिकांश खोप नलगाएका र दीर्घ रोगीहरु रहेको पाइएको छ। साउन १ देखि हालसम्म १९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए।
साउन १९ गतेसम्म मृत्यु भएकाको तथ्यांकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्लेषण गरेको छ। जसमा ७६ प्रतिशत अर्थात् मृत्यु भएका १७ जनामध्ये खोप लगाएकाको संख्या चार मात्र थियो। बाँकी १३ जनाले खोप लगाएका थिएनन्।
मृतक व्यक्तिले खोप नलगाएका मात्र होइन उनीहरुमा एकभन्दा बढी दीर्घ रोगहरु पनि थिए। १७ मध्ये १२ जना मृत्यु भएको व्यक्तिहरुमा एक वा ...
