कसरि हुदै छ स्थानीय तह निर्वाचन २०७९ :एक झलक
भोलि अर्थात बैशाख ३० गते स्थानीय तह निर्वाचन हुदै छ,जसमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता ले आफ्नो मताधिकार प्रयोग गर्न लागेका छन्। राज्य संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता रहेका छन्।
निर्वाचन आयोगका अनुसार यो निर्वाचन मा सात सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन्। जसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन्। कुल उम्मेदवारमध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भइसकेका आयोगले जनाएको छ।
देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन्। जस अनुसार स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगर प्रमुख (मेयर) र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन्। सोही सं...
