टोखामा प्रकाश अधिकारीको पहलमा २० वटा महत्वपूर्ण काम : के के भए ? (सूचि सहित)
टोखा काठमाडौं । टेोखा नगरपालिकाको निर्बतमान मेयर प्रकाश अधिकारीले पाँच वर्षको अवधिमा चुनावको बेलामा गरिएको प्रतिबद्धता अनुसार ८० प्रतिशत काम सम्पन्न भएको बताउनु भएको छ । मंगलबार नेकपा एमाले द्धारा आयोजित जनसभालाई सम्बोधन गर्दे ८० प्रतिशत काम समपन्न भएको र केही बाकी अधुरा योजना तथा सपनाहरु पुरा गर्नु पुन मेयरको उम्मेद्धवार भएको बताउनु भयो ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले पाँच वर्षको अवधिमा धेरैनै काम गरेका छन् ।
पाँच बर्षमा के के काम भए ?
१ ) १०३ किलोमिटर सडक कालोपत्रे तथा ढलान
बिकाशको मेरुदण्ड सडकनै भएकाले मेयर अधिकारीको अगुवाईमा मुख्य सडकको कालोपत्रे , ढल निमार्ण , सडक ढलानको कार्य सम्पन्न भएको छ । २०७४ सालको निर्वाचनमा हिलाम्मे र धुलाम्मे सडकोको कालोपत्रे सम्पन्न भएको छ भने टोल बस्ती बस्तीहरुमा ढलानको काम सम्पन्न भएको छ । एमालेबाठ निर्वाचित मेयर अधिकारीको अगुवाईमा प्रदेश सरक...



